नवनिर्वाचित उपराष्ट्रपति यादवले चैत ६ मा शपथ लिने

40

काठमाडौँ, ४ चैत । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले चैत ६ गते पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार दिउँसो १ बजे उपराष्ट्रपति यादवलाई शपथ खुवाउने कार्यक्रम तय भएको हो ।

शुक्रबार भएको निर्वाचनमा ३० हजार ३२८ मतसहित यादव नेपालको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले संघीय सांसद १८४ र प्रदेशसभा ३२९ सांसदको मत प्राप्त गरे ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)की उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै यादव उपराष्ट्रपतिमा विजयी भएका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...