आज सांसदलाई शीतल निवासमा राष्ट्रपतिको चियापान

29

काठमाडौँ, ४ चैत । राष्ट्रपति रामचन्द्र पौडेल र संघ तथा प्रदेशका सांसदहरुबीच आज बिहान शीतल निवासमा भेटघाट हुने भएको छ ।

 उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसदसहित संघीय सांसदहरुलाई राष्ट्रपति पौडेलले शनिबार बिहान चियापानका लागिका लागि शीतल निवासमा बोलाएका हुन् ।

 उपराष्ट्रपति निर्वाचनको मतदानका लागि संघ तथा सातै प्रदेशका सांसदहरु राजधानी काठमाडौँमा आएका छन्  । सांसदहरूसँगै प्रमुख दलका शीर्ष नेताहरू पनि आमन्त्रित छन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले पहिलो पटक सामूहिक रुपमा सांसदहरुलाई भेटघाट गर्न खोजेका हुन् । पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...