राष्ट्रपति पौडेलले सांसदहरूलाई शीतल निवास बोलाए

82

काठमाडौँ, ३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश र प्रतिनिधिसभाका सांसदहरूलाई चियापनको निम्तो दिएका छन् ।

आफूलाई निर्वाचित गराएकोमा धन्यवाद दिन उनले शनिबार बिहान ९ बजेका लागि सांसदहरूलाई शीतल निवास बोलाएका हुन् ।

सांसदहरूसँगै प्रमुख दलका शीर्ष नेताहरू पनि आमन्त्रित छन् । पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...