चट्याङ लागेर प्युठानमा एक जना घाइते

149

प्युठान, ३ चैत । प्युठानमा बिहीबार साँझ परेको चट्याङ लागेर एक जना घाइते भएका छन् ।

प्युठान नगरपालिका–६ झुलेनीकी २५ वर्षीया रोसनी सुनार घाइते भएको प्युठान नगरपालिका–६ का वडाध्यक्ष एनपी मगरले जानकारी दिए ।

चट्याङ लागेर सुनारको बायाँ हातमा नचल्ने अवस्थामा पुगेको वडाध्यक्ष मगरले बताए । उनलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार पठाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...