युएईविरूद्ध पहिले बलिङ गर्दै नेपाल

38

काठमाडौँ, २ चैत । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपालले टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

नेपालले आजको टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर करण केसीको स्थानमा गुल्सन झालाई मौका दिइएको छ ।

नेपालले आजको खेलमा प्रतिश जिसी, ज्ञानेन्द्र मल्ल र करण केसीलाई बन्चमा राखेको छ । टोलीमा अन्य परिवर्त छैन । उत युएईले तीव्र गतिका बलर जुनैद्द सिद्दिककलाई मौका दिँदा जवार फरिदलाई बेन्चमा राखेको छ ।

घरेलु टोली नेपालले आज युएईलाई पराजित गर्न सके जुन–जुलाईमा जिम्बाब्वेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउँछ । यदि पराजित भएमा यसै महिना अन्तिममा नामावियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...