प्रधानमन्त्रीको ट्विटर अकाउन्ट ह्याक, असान्दर्भिक सामग्रीको प्रचार

28

काठमाडौँ, २ चैत । प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट पिएमओ नेपाल (PMO Nepal) ह्याकरको नियन्त्रण्मा रहेको आशंका गरिएको छ ।

पछिल्ला पिएमओ नेपालबाट विभिन्न असान्दर्भिक विषयवस्तु रि–ट्विट भएका छन् । विभिन्न तीन फरक–फरक असान्दर्भिक ट्विट र रिट्विट प्रधानमन्त्रीको आधिकारिक अकाउन्टबाट भएपछि प्रधानमन्त्री कार्यालयको आइटी टोलीले यसबारे अध्ययन थालेको छ ।

प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटरमा समस्या आएपछि प्रविधिकको टोलीले अनुसन्धान थालेको र छिट्टै समस्याको समाधान हुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...