निर्वाचन आयोगले कांग्रेसलाई सोध्यो २४ घन्टे स्पष्टीकरण

79

काठमाडौँ, १ चैत । निर्वाचन आयोगले नेपाली कांग्रेससँग २४ घन्टे स्पष्टीकरण सोधेको छ । उपराष्ट्रपति उम्मेदवार रामसहायप्रसाद यादवलाई मत दिने निर्णय सार्वजनिक गरेको भन्दै आयोगले कांग्रेसलाई स्पष्टीकरण सोधेको प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

बुधबार बिहान सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन बैठकले जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार रामसहाय यादवलाई मत दिने निर्णय गरेको थियो । उक्त निर्णय गरेसँगै पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले पत्रकारहरूसँग निर्णय सार्वजनिक गरेका थिए ।

उक्त निर्णय सार्वजनिक भएपछि आयोगले कांग्रेससँग स्पष्टीकरण सोधेको हो । आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै ४८ घन्टा अगाडि मौन अवधि जारी भएको जानकारी गराएको थियो ।

चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । यस सम्बन्धमा प्रचारप्रसार, छलफल, मत माग्न, सभा, भेला, गोष्ठीलगायत गर्न निषेध गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...