‘कतै म हराए कि’ मा टिकटक स्टार मिस पवी र उमेश [भिडिओ]

54

काठमाडौँ, ३० फागुन । ‘कतै म हराए कि’ बोलको गीतको भिडिओ रिलिज भएको छ । जसमा गायक सुमन केसी र गायिका अनु चौधरीको स्वर रहेको छ ।

विष्णु भण्डारीको शब्द, सरोज पोखरेलको संगीत रहेको सार्वजनिक गीतमा टिकटक स्टार मिस पवी र उमेश भट्टको रोमान्टिक अभिनय देख्न सकिन्छ ।

भिडिओमा एक प्रेमिल जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक उमेश भट्टले कलात्मक शैलीमा देखाएका छन् । जसको कोरियोग्राफी राजिव समरले गरेका छन् ।

सुप्रिम पराजुलीको सम्पादन, अनिल के मानन्धरको छायांकन रहेको गीतमा दिवेश राईले एरेन्ज, चन्द्र चौधरीको मिक्सिङ र मास्टरिङ रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...