दैलेख, २९ फागुन । दैलेख जिल्लाको रानीवान केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ६ बजेर ५६ मिनेट जाँदा दैलेख जिल्लाको रानीवाद केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि यही फागुन २१ गते अछाम र काभ्रेपललाञ्चोक केन्द्रबिन्दु भएर दुईवटा भूकम्प गएको थियो ।