काठमाडौँ, २९ फागुन । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)लाई ९५ रनमा समेटेको छ ।
सोमबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको पाहुना टोली पिएनजी नेपाली बलरसामु निरीह बन्यो । कसिलो बलिङ गरेको नेपालले पिएनजीलाई ३२औँ ओरमा अलआउट गर्यो ।
पिएनजीका लागि अप्तान असद भालाले बनाएको २० रन नै व्यक्तिगत उच्च स्कोर रह्यो । सेस बाउले १८, चार्ल्स अमिनीले १६ र हिरी हिरीले १४ रन बनाउनुबाहेक पपुवा न्युगिनीका अन्य खेलाडीले दोहोरो स्कोरमा रन बनाउन सकेनन् ।
ललित राजवंशीले चौथो ओभरमा किपलिन डोरिगालाई बोल्ड गर्दै नेपाललाई सफलता दिलाएका थिए । अर्का ओपनर हिरी हिरीलाई सोमपाल कामीले छौटौँ ओभरमा करण केसीबाट क्याच आउट गराएपछि पिएनजी १७–२ को स्थितिमा पुग्यो ।
कप्तान भाला र सेसे बाउले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर, २०औँ ओभरमा सन्दीप लामिछानेले भालालाई ललित राजवंशीको हातबाट क्याचआउट गराउँदै ३२ रनको साझेदारी तोडे ।
नेपाललाई पाँचौँ सफलता ललित राजवंशीले दिलाए । राइली हेकुरे ललितको बलमा ४ रनमा कट एन्ड बोल्ड आउट भए ।
कुशल मल्लले २७औँ ओभरमा आक्रामक ब्याटर नर्मन भानुवालाई शून्य रनमा क्याट गराएपछि मध्यम योगफलको सम्भावना सकिएको थियो । चार्ल्स अमिनी २८ बलमा १ चौकासहित १७ रनमा सन्दीप लामिछानेले क्याच आउट गराए । सन्दीपले हिला भारेलाई ७ रनमा बोल्ड गरे ।
नेपालका सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए । १० ओभर बलिङ गरेका लामिछानेले १ मेडनसहित २५ रन खर्चिए । लामिछानेको यो एकदिवसीय क्रिकेटमा तेस्रो पाँचौँ विकेट हो । सन्दीपले यसअघि सन् २०२० मा अमेरिका र २०२१ मा पपुवा न्युगिनीविरूद्ध ६–६ विकेट लिएका थिए । लामिछाने करण केसस्पछि तीन पटक पाँच विकेट लिने दोस्रो नेपाली बलर हुन् ।
यस्तै, ललित राजवंशी र कुशल मल्लले २–२ तथा सोमपाल कामीले एक विकेट लिए ।