लोकप्रिय विद्यार्थीलाई उम्मेदवार नबनाए विद्रोह गर्ने सिटौलानिकट विद्यार्थीको चेतावनी

531

काठमाडौँ, २७ फागुन । नेपाल विद्यर्थी संघ (नेविसंघ)का सिटौलानिकट विद्यार्थीहरूले क्याम्पसमा विद्यार्थीमाझ भिजेका पुपलर र स्वाभाविक विद्यार्थीलाई उम्मेदवार नबनाए विद्रोह गर्ने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौँको बाल्मिकी क्याम्पसममा आयोजित नेविसंघ भेलाले स्वाभाविक विद्यार्थीलाई उम्मेदवार नबनाएर आसेपासेलाई टिकट दिइए विद्रोह गर्ने चेतावनी दिएको हो ।

गुटको नाममा लामो समयदेखि विधान, पद्धति र विद्यार्थीको आवाज उठाउन खोजेका नेतालाई पाखा लगाउने कुचेष्टा नगर्न भन्दै देशभरिको क्याम्पसमा विद्रोह गर्ने संकेत सो समूहले गरेको हो ।

भेलालाई सम्बोधन गर्दै लामो समयदेखि संगठन भनेर दुःख गरेको र क्याम्समा लोकप्रिय रहेका विद्यार्थीलाई गुट र गठबन्धनको नाममा अवसरबाट बन्चित बनाउने काम भएमा हरेक क्याम्पसमा स्वतन्त्र उम्मेदवार उठाउने चेतावनी नेविसंघ पूर्वकेन्द्रीय सदस्य शुशील भट्टे बताए ।

नेविसंघका पूर्वमहामन्त्री तथा बागमती प्रदेशका सचेतक साथै नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेको प्रमुख आतिथ्ययतामा सम्पन्न उक्त भेलामा कांग्रेस बागलुङ जिल्ला सभापति जित शेरचन, नेविसंघकै पूर्वमहामन्त्री बलदेव तिमल्सिना, पूर्वउपाध्यक्ष रामप्रसाद अधिकारी, पूर्वसहमहामन्त्री परमेश्वर शाह, पूर्वकेन्द्रीय सदस्य शुशील भट्ट, नवराज त्रीपाठी, उमेश थापामगर युवा नेता इन्दु शर्मा, लिलाबल्ल दाहाल, दीपेन्द्र क्षेत्री, नेविसंघका नेताहरु दीपक ओझा, रुपेश साह, नीराजन शाही, राजकुमार उप्रेती, महेश पौडेल, प्रशान्त लामिछाने, विनोद बराल, मनिस सिम्खडालगायतका उपत्यकाका अन्य नेता कार्यकर्ता सहभागी भएको नेविसंघ नेता मनिस रायमाझिले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...