राष्ट्रपतिले दलीय संरचनाबाट अलग भइ भूमिका निर्वाह गर्नुपर्छ : महामन्त्री थापा

25

काठमाडौँ, २५ फागुन । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले आज निर्वाचित हुने राष्ट्रपतिले आफूलाई दलीय संरचनाबाट अलग राख्दै राष्ट्र र जनताको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग उनले नयाँ निर्वाचित हुने राष्ट्रपतिले दलबाट अलग भएर मन, वचन र कर्मले भूमिका निर्वाह गर्नुपर्ने बताए । राष्ट्रपति दलबाट अलग हुन नसके राष्ट्रपति पदलाई नै न्याय नहुने उनको भनाइ छ ।

“लामो समय लोकतान्त्रिक आन्दोलनमा संघर्ष गर्नुभएका रामचन्द्र पौडल आज राष्ट्रपति पदमा निर्वाचित हुने करिब निश्चित छ,” उनले भने, “यसअघिका राष्ट्रपतिबाट भएका कमजोरीबारे उहाँ जानकार हुनुहुन्छ । त्यसैले पनि उहाँ सुरूमा पार्टीबाट मन, वचन र कर्मले अलग हुनुपर्छ ।”

नयाँ निर्वाचित हुने राष्ट्रपतिलाई आफू अनुकुल संविधानको व्याख्या नगर्न उनले आग्रह गरे ।

Share This:
सम्बन्धित खबर
Loading...