योगेश भट्टराईले भने– प्रचण्डलाई फर्केर आउने ठाउँ छ, जाने ठाउँ छैन

27

काठमाडौँ, २५ फागुन । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले गठबन्धन छाडेर हिँडेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आउने ठाउँ भएको तर जाने ठाउँ नभएको बताएका छन् ।

 राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी हुन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेका भट्टराईले पुस १० गते उनलाई ड्राइभिङको जिम्मा दिए पनि गाडी छाडेर भागेको उल्लेख गर्दै जाने ठाउँ नभएको बताएका हुन् ।

 एमालेसँग गठबन्धन तोडेर गएका प्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई अघि बढने ठाउँ भने नभएको उनको भनाइ  छ ।

 ‘निर्वाचनपछि तीनवटा गठबन्धन भयो, चुनावअघि एउटा गठबन्धन थियो, चुनावपछि सरकार बनाउने बेला अर्को गठबन्धन बन्यो, राष्ट्रपति निर्वाचनको सन्दर्भमा अर्को गठबन्धन बनेको छ,’ भट्टराईले भने, ‘पुस १० गते गठबन्धन बनाउने क्रममा प्रचण्डलाई ड्राइभरको सिटमा राखेका थियौँ, उनले गाडी नै छाडेर हिँड्नुभयो, प्यासेन्जरलाई दुःख दिनुभयो, अब फर्केर आउनुहोला तर प्रचण्डलाई आउने ठाउँ छ, जाने ठाउँ छैन ।’

Share This:
सम्बन्धित खबर
Loading...