श्री एयरलाइन्सको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण

216

काठमाडौँ, २५ फागुन । काठमाडौँबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको विमानमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ ।

आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको विमानको दाहिने इन्जिनमा आगलागी भएको हो । उडान नम्बर ८२१ को जहाजको इन्जिनमा आगो देखिएपछि धादिङको थाक्रेबाट फर्किएको थियो ।

यससँगै, विमान भैरहवातर्फ नभइ काठमाडौँमै फर्किएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनले विमान अवतरण भइसकेको र विमानमा रहेका ७८ जना यात्रु सकुशल रहेको बताए ।

जहाज अवतरणका लागि अन्य उडान रोकिएको थियो । दमकल, एम्बुलेन्सलगायत आकस्मिक सेवा तयारी अवस्थामा राखिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...