च्याम्पियन्स लिगबाट बाहिरियो पिएसजी

31

काठमाडौँ, २५ फागुन । पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई हराउँदै बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

जर्मन क्बल बायर्न म्युनिखसँग दुवै लेगमा पराजित हुँदै फ्रेन्च क्लब पिएसजी अन्तिम १६ बाटै बाहिरिएको हो । बुधबार राति भएको दोस्रो लेगमा पिएसजीले घरेलु टोली बायर्नलाई २–० ले नतिजा सुम्पिँदा समग्रमा ३–०ले पराजित हुँदै प्रि–क्वाटरफाइनलबाटै बाहिरिनु पर्‍यो ।

घरेलु मैदान एलिएन्ज एरिनामा बायर्नलाई जिताउन एरिक म्याक्सिम चुपो मोटिङ र सर्ज नाब्रीले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

खेलको ६१औँ मिनेटमा चुपो मोटिङले गोल गर्दै बायर्नलाई सुरूवाती अग्रता दिलाए । त्यसपछि खेलको अत्यतिर ८९औँ मिनेटमा सर्ज नाब्रीले गोल गर्दै बायर्नको जित पक्का गरे ।

योसँगै स्टार खेलाडीले भरिपूर्ण लिग लिडर पिएसजी पछिल्लो सातमध्ये ५ पटक प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...