किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ

55

धनगढी, २५ फागुन । कैलालीको धनगढीबाट एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई किशोर पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १० जुगेडाकी एक १३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १६ र १७ वर्षका दुई किशोर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घटना गएको १७ गते रातिको भएपनि प्रहरीमा ढिलोगरि उजुरी परेपछि उनीहरुलाई मंगलबारमात्रै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदीप चन्दले जानकारी दिए ।

डिएसपी चन्दका अनुसार पीडित पक्षबाट हिजो मौखिक उजुरी आउनेबित्तिकै बलात्कार आरोपी दुई किशोरहरुलाई पक्राउ गरिएको हो । आरोपी पक्राउ परेपछि बुधबार उनीहरुविरुद्ध जाहेरीसमेत दर्ता भएको डिएसपी चन्दले बताए ।

किशोरीको बुधबार नै स्वास्थ्य परीक्षणसमेत गरिएको छ । घटनाबारे अनुसन्धान प्रक्रिया अगाडि बढेको डिएसपी चन्दले बताए । आरोपी नाबालक भएकाले प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...