‘नाच्न मन लाग्यो मलाई’ बाेलकाे गीत सार्वजनिक [भिडिओ]

152

काठमाडौँ, २३ फागुन । आन्भी प्रोडक्सनले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा पासाङ डाेमा पाख्रिनको ‘नाच्न मन लाग्यो मलाई’ बोलको गीत सार्वजनिक गरेको छ ।

उक्त गीत आन्भी प्रोडक्सनको अफिसियल युटुब च्यानलबाट सार्वाजानिक गरिएको छ । सुमिना लोको आवाज, जोगलाल लामाको संगीत र संगीत संयोजन रहेको गीतलाई पासाङ डोल्मा पाख्रिनले लेखेकी हुन् ।

दिपेश प्रधानले मिक्सिङ गरेको म्युजिक भिडिओलाई विशाल थापाले छायांकन, फराज अर्पणले कलर र सम्पादन, आन्भी प्रोडक्सनका अध्यक्ष, मोडल एवम् निर्देशक अभि लामाले निर्देशन गरेका हुन् ।

उक्त म्युजिक भिडिओमा अभि लामा, अनिता गोले, पूजा तामाङको अभिनय रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...