होलीमा उच्छृङ्खल गतिविधि गर्ने २१८ जना पक्राउ

29

काठमाडौँ, २२ फागुन । उच्छृङ्खल तवरले होली खेलेको आरोपमा प्रहरीले काठमाडौँबाट २१८ जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरबाट उनीहरूलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी हिमलय श्रेष्ठले जानकारी दिए । अर्काको इच्छाविपरीतको क्रियाकलाप गर्ने र सार्वजनिक ठाउँमा हो–हल्ला गर्नेहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनीहरूको कसुर अनुसार केहीलाई अभद्र व्यवहार मुद्दा चलाउने र सामान्य होहल्ला गरेको आरोपमा पक्राउ परेकाहरूलाई छाडिने एसएसपी श्रेष्ठले जानकारी दिए ।

काठमाडौं उपत्यकामा प्रहरीले ५४३ मोटरसाइकल होल्ड गरिएको थियो । कागजात साथमा नभएका, मापसे गरेर चलाएका र बिना हेल्मेट चलाएका मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...