बेलकुमारी गौतमको हत्यामा संलग्न सार्वजनिक

30

बागलुङ, २२ फागुन । गलकोट नगरपालिका–९ स्थित अम्मरबसेकी बेलकुमारी गौतमको हत्यामा संलग्न सोही गाउँका इन्द्रबहादुर विकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

फागुन १९ गते राति ६५ वर्षीया गौतम आफ्नो घरको पूर्व पाण्डुकेसरी वनको गोरेटो बाटोदेखि अन्दाजी ६० मिटर तल भिरमा मृत अवस्थामा फेला परेकी थिइन् ।

मृतावस्थामा फेला परेकी गौतमको गहना लुटिएको देखेपछि लडेर नभइ हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानको क्रममा विकले हत्या गरेको पुष्टि भएपछि प्रहरीले उनलाई आइतबार सार्वजनि गरेको हो ।

गलकोट नगरपालिका–९ चुँदारा टोल बस्ने ४३ वर्षीया विकले पछाडिबाट चिउँडो र टोउकोमा समाती मुन्टो बटारी हत्या गरेर गरगहनासमेत लुटी भिरबाट खसालेको अनुसन्धानका क्रममा पाइएकाले पक्राउ गरेर आज सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

विकले अनुसन्धानका क्रममा आफूले हत्या गरेको स्वीकार गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...