सशस्त्रका सहायक हवल्दार २० हजार घुससहित पक्राउ

31

काठमाडौँ, २२ फागुन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका सहायक हवल्दारलाई २० हजार घुससहित रंगेहात पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प, विष्णुपुरका सहायक हवल्दार नगेन्द्र सेनलाई अख्तियारको बुटवल कार्यालयको टोलीले रंगेहात पक्राउ गरेको हो ।

ट्याक्टरमा माटो ओसारपसार गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाका आधारमा आयोगको टोलीले सेनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

उनलाई रूपन्देहीको गैडहवा गाउँपालिका–३ मंगलपुरबाट नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता भोला दाहालले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...