काठमाडौँ, २१ फागुन । अछाम र काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर दुई भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछामको पातलकोट र काभ्रेपलाञ्चोकको काशीखण्ड केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
केन्द्रका अनुसार अछामको पातलकोट केन्द्रबिन्दु भएर आज बिहान ८ बजेर ३५ मिनेटमा ४.४ रेक्टरस्केल र काभ्रेपलाञ्चोकको काशीखण्ड भएर आज बिहान ८ बजेर ३ मा ४.३ रेक्टरस्केलको भूकम्प गएको छ ।
बिहान काभ्रेमा गएको भूकम्प २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७.८ रेक्टर स्केलको भूकम्पकै परकम्पन भएको केन्द्रले जनाएको छ ।