अस्मिता अधिकारीको ‘मुखै चिलाउनी’मा पुष्प र गीता [भिडिओ]

298

काठमाडौँ, १९ फागुन । गायक रमण रेग्मी र गायिका अस्मिता अधिकारीको स्वर रहेको ‘मुखै चिलाउनी’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ ।

दीपक शर्माको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा नरेन्द्र वियोगीको एरेन्ज रहेको छ । केशवराज भट्टको कोरियोग्राफी तथा निर्देशनमा तयार  मुखै चिलाउनी एक प्रेमिल जोडीको रोमान्टिक प्रेम कहानी हो हो ।

प्रेममा डुबेर खुसी खुसीशी जिन्दगी बिताउन चाहने प्रेमिल जोडीको छमछम नचाउने गीतको कोरियोग्राफी पनि निर्देशक भट्टले नै गरेका हुन् । जसमा  नायक तथा मोडल पुष्प खड्का र टिकटकबाट चर्चा कमाएकी सुन्दरी मोडल गीत ढुंगानाको प्रेम रोमान्स देख्न सकिन्छ ।

काठमाडौँको कोटेश्वरका रमणले यसअघि  घर त लगनखेल रिमेक, खुला जमिन, मेसो पाछैन, हामी जनतालाई धेरै गाह्रो छ, नेपालै जाउँ जाउँ लाग्छलगायतका गीतका भिडिओहरु बजारमा ल्याइसकेका छन् । सार्वजनिक  भिडियोको निर्माण सविना कुँवर रेग्मीले गरेकी हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...