काठमाडौँ, १९ फागुन । सभापोखरी हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ ।
यसैक्रममा आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा सभापोखरी हाइड्रोपावर लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक राम देवकोटा र आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।
सङ्खुवासभा जिल्लाको सभापोखरी गाउँपालिकामा निर्माणाधीन ५ मेगावाट क्षमताको लंखुवा–खोला साना जलविद्युत् आयोजनाको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भइ उक्त आयोजनाको पब्लिक सेयर निष्कासन गरेको थियो ।