राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक

95

काठमाडौँ, १९ फागुन । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको नमुना मतपत्र बिहीबार सार्वजनिक गरेको छ । संघीय संसद् र प्रदेशसभाका सदस्यलाई फरक मतपत्र तयार गरेको आयोगका प्रवक्ता शालिकराम पौडेलले जानकारी दिए ।

संघीय सांसद ३३१ ले प्रयोग गर्ने मतपत्र सेतो कागजमा गुलाबी रङको चिन्ह हुने छ । त्यस्तै, प्रदेशका ५५० सांसदले प्रयोग गर्ने मतपत्र सेतो कागजमा हरियो चिन्ह र अक्षर हुने छ । दुवै मतपत्रमा उम्मेदवारको तस्बिर र नाम राखिएको छ ।

राष्ट्रपति चयनका लागि यही फागुन २५ गते नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय केन्द्रमा मतदान हुँदै छ ।

राष्ट्रपति पदका लागि ८ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ चुनावी मैदानमा छन् ।

Share This:
सम्बन्धित खबर
Loading...