युएईले नेपाललाई दियो २०८ रनको लक्ष्य

32

काठमाडौँ, १८ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबारको खेलमा घरेलु टोली युनाइटेड अरब इमिरेट्स (युएई)ले नेपाललाई २०८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दुबइ इन्टरनेसनल क्रिकेट स्टेडियममा जारी खेलमा युएईले ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनायो ।

टस हारेर पहिले ब्याटिङ गरेको युएईका लागि ओपनिङ गरेका आसिफ खानले सर्वाधिक ७२ रन बनाउँदा  रोहन मुस्ताफाले अविजित ५२ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले ३,  करण केसी, आसिफ शेख र कुशल मल्लले एक–एक विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...