गरगहनासहित तीन जना भारतीय नागरिक पक्राउ

38

काठमाडौँ, १७ फागुन । एक करोड रूपैयाँभन्दा बढी मूल्य पर्ने गरगहनासहित तीन जना भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै गरगहनासहित तीन जनालाई पक्राउ गरेको हो ।

सुराकीको आधारमा भारतीय डब्लुबी १२ एभी ५५६६ नम्बरको टाटा कम्पनीको नेक्सन गाडीमा लुकाइछिपाइ ल्याएका ती गरगहनासहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा कार चालक भारत, उत्तर प्रदेश, बलिया जिल्ला, फेफना थाना बस्ने वर्ष ४२ का विनोद प्रसाद, भारत पश्चिम बंगाल हौडा जिल्ला गोलावाडी पुलिस थाना सल्किया स्कुलरोड कोलकात्ता बस्ने ५१ गणपतकुमार तोसावर र सोही स्थानका वर्ष ४२ का नरेश बर्मा छन् ।

उनीहरूले गाडीको सिट मुनी र विभिन्न स्थानमा लुकाइछिपाइ ल्याएका सुनका ६३.९८ तोला र हिरा जडित २२.८७८ तोला गहना बरामद गरेको प्रहरीले जानकारी दिएको छ । ती गहना सुनचाँदी व्यवसायीसँगको रोहभरमा तौल र गुणस्तर जाँच गर्दा एक करोड १० लाख रूपैयाँ बराबरको भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

पक्राउ परेका व्यक्तिहरू, गाडी र गरगहना राजश्व अनुसन्धान विभागमा पठाउने तयारी भएको प्रहरीले जानकारी दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...