काठमाडौँ, १७ फागुन । नेपाल आयल निगमलाई भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आइओसी) ले इन्धनको नयाँ लागत मूल्य पठाएको छ ।
जसअनुसार खाना पकाउने ग्यासको मूल्य बढेर आएको छ । डिजेल तथा पेट्रोलको मूल्य भने घटेर प्राप्त भएको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार निगमलाई डिजेलको मूल्य ५ रुपैयाँ ५ पैसा घटेर आएको छ । यस्तै, पेट्रोलमा १ रुपैयाँ २१ पैसा लागत घटेको निगमले जनाएको छ । निगमलाई मट्टितेलमा ३ रुपैयाँ ४० पैसाले लागत घटेको र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसा घटेर आएको निगमले जनाएको छ ।
निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्यासको लागत प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेको छ ।