आफ्नै डेरामा बस्ने बालिका बलात्कारको आरोपमा पक्राउ

30

भक्तपुर, १७ फागुन  । प्रहरीले आफ्नै डेराकोठामा बस्ने १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नम्बर १ लोकन्थलीमा डेराकोठामा बस्ने दोलखा मेलुग गाउँपालिका वडा नम्बर ५ घर भएका वर्ष २३ का जय भन्ने श्री थापालाई पक्राउ गरेको हो ।

पीडितका आफन्तले दिएको जाहेरी दरखास्तका आधारमा उनलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । उनले फागुन ७ गते बलात्कार गरेको आरोप रहेको परिसरका सूचना अधिकारी कुमारप्रसाद मैनालीले जनाए ।

मध्यपुर थिमि नगरपालिका वडा नम्बर ६ पुरानो थिमिबाट नियन्त्रणमा लिई जबरजस्ती करणी कसुरमा जिल्ला अदालत भक्तपुरमा पेस गरेको र अदालतले ६ दिन म्यान थप गरी प्रहरी वृत थिमि भक्तपुरमा राखिएको छ  ।

Share This:
सम्बन्धित खबर
Loading...