काठमाडौँ, १५ फागुन । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश गएर क्रिकेट खेल्न अनुमति दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार लामिछानेलाई विदेश जान दिने निर्णय गरेको हो ।
लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका थिए भने महान्यायाधीवक्ताको कार्यालयले भने सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै निवेदन दिएको थियो ।
नाबालिग बलात्कार अभियोग लागेका लामिछानेलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो । उनीविरूद्धको मुद्दा जिल्ला अदालत काठमाडौँमा विचाराधीन छ ।