खाँदबारी घोषणापत्र जारी गर्दे प्रदेश–१ स्तरीय बौद्ध सम्मेलन सम्पन्न

221

खाँदबारी, १४ फागुन । सङ्खुवासभा सदरमुकाम खाँदबारीमा शनिबारदेखि सुरु भएको प्रदेश–१ स्तरीय बौद्ध सम्मेलन सम्पन्न भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय र जिल्ला समन्वय समिति सङ्खुवासभाको संयुक्त आयोजनामा गरिएको सम्मेलन आज सम्पन्न भएको छ ।

हिमाली बौद्ध दर्शन, सम्पदा र संस्कृति सम्मेलन खाँदबारी घोषणापत्र जारी गर्दे प्रदेश–१ स्तरीय बौद्ध सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा विभिन्न १६ विषयका कार्यपत्र प्रस्तुत गरिएको थियो ।

कार्यपत्रमा बौद्ध दर्शन, मृर्त तथा अमृर्त सम्पदा, संस्कृति, बौद्ध धर्मसम्बन्धी शिक्षा, स्तूपा, बुद्ध धर्म र सङ्खुवासभा जिल्लाका बौद्ध धर्मसम्मद्ध गुठी गुम्बालगायत विषयको समावेश गरिएको छ । यस जिल्लालाई बौद्ध अनुसन्धान केन्द्रको रुपमा विकास गर्न खाँदबारीमा बौद्ध अध्ययन अनुसन्धान केन्द्र स्थापना गर्न सहमत हुँदै खाँदबारी घोषणापत्र जारी गरेको लुम्बिनी विश्वविद्यालका उपकुलपति तिलकराज आचार्य जानकारी दिए ।

प्रदेशस्तरीय अनुसन्धान केन्द्र र बौद्ध सङ्ग्रहालय निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने सम्मेलन सम्पन्न भएको जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले जानकारी दिए ।

कार्यक्रममा माथिल्लो अरुण याङ्गुठी गुम्बाको कार्यपत्र डा मातृका तिम्सिना, सुमन्तराज न्यौपानेले कार्यपत्र प्रस्तुत गरेका थिए । माघे सङ्क्रान्ति पूर्वदेखि पश्चिमसम्म संस्कृति, तामाङ जातिको गीतसँग बौद्ध धर्मको सम्बन्ध, ताप्लेजुङमा बौद्धल धर्म तथा संस्कृति र गुम्बाको अवस्था, भोजपुरमा थेरवादी बुद्ध धर्मको प्रारम्भ, बरुण उपत्यका र छेयलेम्बुको अध्यात्मिक इतिहासमा शेर्पा गोठालाको संस्कृतिलगायत विषयको कार्यपत्र प्रस्तुत गरिएको थियो ।

शनिबारदेखि सुरु भएको सम्मेलनको उद्घाटन एक सय पाँच वर्षीय बौद्ध धर्मगुरु मानवीर पैजो (दारी लामा) ले गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...