चिनियाँ नागरिक पक्राउ

75

काठमाडौँ, १४ फागुन । एक किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो ।

कानुनी कारबाहीका लागि ब्युरोले चिनियाँ नागरिक याङली मिङलाई ललितपुर प्रहरीमा बुझाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रविण पोखरेलले उनीमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया सुरू भएको जानकारी दिए । प्रहरीले ती किशोरीको उद्धार गरेको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...