मोटरसाइकल चोरीमा संलग्न पक्राउ

51

झापा, १३ फागुन । झापाको बिर्तामोड नगरपालिका–४ बाट मोटरसाइकल चोरीमा संलग्न रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–५ मोरङका २४ वर्षीय प्रकाश थापा रहेका छन् ।

शुक्रबार साँझ पौने ६ बजे झापाको अर्जुनधारा–५ का एकराज बुढाथोकीले पार्किङ गरी राखेको लु८२प १३४६ नम्बरको पल्सर मोटरसाइकल चोरी गरी लादै गरेको अवस्थामा इलाका प्रहरी कार्यलय अनारमनीबाट खटिएको प्रहरी टोलीले थापालाई मोटरसाइकलसहित पक्राउ गरेको हो ।

पक्राउ परेका थापाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...