बार्सिलोना युरोपा लिगबाट बाहिरियो

41

काठमाडौँ, १२ फागुन । क्याटलान क्लब बार्सिलोना युरोपा लिगको नकआउट चरणबाटै बाहिरिएको छ । बिहीबार राति भएको खेलमा घरेलु टोली म्यानचेस्टर युनाइटेडसँग २–१ ले पराजित हुँदा युरोपा लिगबाट बाहिरिन पुगेको हो ।

खेलको १७औँ मिनेटमा रोबर्टो लेवान्डोस्कीको पेनाल्टी गोलबाट बार्सिलोनाले सुरूवाती अग्रता लिएको थियो ।

पहिलो हाफमा १–० ले पछि परेको युनाइटेडले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍यो । युनाइटेडका लागि वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका फ्रेड र एन्थोनीले गोल गर्दै युनाइटेडलाई रोमाञ्चक जित दिलाए ।

खेलको ४७औँ मिनेटमा फ्रेडले गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याए । उनले ब्रुनो फर्नान्डेजको पासमा गोल गरेका थिए । खेलको ७३औँ मिनेटमा एन्थोनीले गोल गर्दै युनाइटेडलाई २–१ को जित दिालाए ।

दोस्रो लेगमा २–१ गोलले जितेको युनाइटेडले समग्रमा ४–३ को नतिजा निकाल्दै युरोपाको अन्तिम १६ मा स्थान बनाएको हो ।

अक्टोबरपछि पहिलो हार ब्यहोर्ने क्रममा बार्सिलोनाको १८ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । सन् १९९८–९९ पछि अन्तिम १६ मा नपुगेको बार्सिलोना युरोपेली प्रतियोगिताबाट पहिलोपटक बाहिरिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...