९ किलो चरेससहित तीन जना पक्राउ

19

कैलाली, १० फागुन । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१४ एचगाँउ स्याउले घाटस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले ९ किलो चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता एवम् सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार पक्राउ पर्नेमा रोल्पा जिल्लाको थवाङ गाँउपालिका–५ बस्ने ४४ वर्षीय कुमार पुन, दाङ जिल्लाको लालमोटिया गाँउपालिका–१ बस्ने ३९ वर्षीया पुनम पुन र ४१ वर्षीया दिलमाया पुन रहेका छन् ।

नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरीले शंका लागि चेकजाँग गर्दा उनीहरुको साथमा चरेस फेला परेपछि नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएकाहरुलाई बरामद चरेससहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनगढीमा बुझाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...