लोत्से मल लुटपाट प्रकरण : मोबाइल चोरीका आरोपी भैरहवामा पक्राउ

21

काठमाडौँ, ६ फागुन । काठमाडौँको नयाँबसपार्कस्थित लोत्से मलमा मोबाइल लुटेको आरोपमा रुपन्देही प्रहरीले एक युवकलाई भैरहवाबाट पक्राउ गरेको छ ।

रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका–६ बस्ने १८ वर्षीय कमल कार्की रहेका छन् । कार्कीसँग चोरीका तीन थान मोबाइल पनि बरामद भएको अर्यालले बताए ।

फागुन १ गते यातायात व्यवसायीको प्रदर्शनका क्रममा काठमाडौँ महानगरपालिका–२६ गोंगबु नयाँबसपार्कमा रहेको लोत्से मलमा लुटपाट भएको थियो । मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि, डायमण्ड मोबाइल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइललगायतका सामग्री लुटिएका थिए ।

सोही घटनामा फरार भएको भन्दै प्रहरीले आरोपी कार्कीलाई सिद्धार्थनगर–३ बाट बिहीबार पक्राउ गरिएको प्रहरी प्रवक्ता अर्यालले बताए । कार्कीलाई पक्राउ गरी बरामद मोबाइलसहित आवश्यक कारबाहीका लागि शुक्रबार नै प्रहरी वृत्त महाराजगञ्ज काठमाडौँ पठाइएको अर्यालले जानकारी दिए ।

याे पनि हेर्नुस्

लोत्से मल तोडफोड र प्रहरीको गाडी आगजनी गर्ने १५ जना पक्राउ

ल्होत्से मलमा लुटपाट गरेको आशंकामा ४ जना पक्राउ

बालाजुमा प्रहरीको गाडी आगजनी गरेको आरोपमा ६ जना पक्राउ

Share This:
सम्बन्धित खबर
Loading...