राष्ट्रपतिबाट ३८१ जना कैदीको सजाय माफी

43

काठमाडौँ, ६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३८१ जना कैदीको सजाय माफी गरिदिएकी छन् ।

रष्ट्रपति भण्डारीबाट मन्त्रिपरिषद्को फागुन ४ को बैठकको सिफारिसका आधारमा २०७९ फागुन ७ गतेदेखि लागु हुने गरी विष्णुकुमार लिम्बूसहित ३८१ जना कैदीहरूको भुक्तान हुन बाँकी र कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी भएको छ,” राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, राष्ट्रपति भण्डारीले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारलाई निर्वाचन आयोगले तोकेको जरिबानाको रकम मिनाहा र पुष्कर गौतमसमेतका १४ जना व्यक्तिलाई सजाय माफी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...