२ लाख ४० हजार अवैध भारतीय नोटसहित एकजना पक्राउ

26

काठमाडौँ, ४ फागुन । प्रहरीले २ हजार दरका २ लाख ४० हजार अवैध भारतीय रूपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

एयर इन्डियाको उडानमार्फत् बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको कोलकात्ता जान लागेका ४६ वर्षीय भारतीय नागरिक टुकाराम मल्हारी गड्धेलाई प्रहरीले ह्यान्डब्याग जाँच गर्ने क्रममा अवैध भारूसहित पक्राउ गरेको हो ।

नेपालमा ५००, एक हजार र २ हजार दरका भारतीय मुद्र प्रतिबन्ध छ ।

पक्राउ परेका भारतीय नागरिकलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवनको जिम्म लगाइएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...