ग्यास सिलिन्डर बिस्फोट हुँदा दुई जना घाइते

30

दाङ, ४ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा बिहीबार खाना पकाउने ग्यास सिलिन्डर बिस्फोट हुँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ लहलौराका ५० वर्षीया कुसुम केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका–५ घर भइ हाल तुलसीपुर–१६ मा बस्दै आएका २९ वर्षीय आशिष खनाल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तुलसीपुर–१६ मा रहेको कृषि बीउ उत्पादन कम्पनीमा खाना पकाउने क्रममा सिलिन्डर ग्यास बिस्फोट हुँदा केसीको कम्मरमुनिको भाग जलेको छ भने खनालको दुवै हात र खुट्टा जलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । घाइतेमध्ये कुसुमको अवस्था गम्भीर रहेको छ भने आशिषको अवस्था मध्यम रहेका प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...