तीन कुलपतिले लिए शपथ

29

काठमाडौँ, ४ फागुन । नवनियुक्त तीन जना कुलपतिहरूले पद तथा गोपनियताको शपथ लिएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्लालीले आज बिहान शपथ ग्रहण गरेका हुन् ।

उनीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारस्थित निवासमा पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् ।

शपथग्रहण कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको पनि उपस्थिति थियो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामनासमेत दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...