ग्याँस सिलिन्डर पड्किँदा कांग्रेस नेता भण्डारी र आमा घाइते

48

काठमाडौँ, ४ फागुन । नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीको काठमाडौँस्थित बुद्धनगरस्थित घरमा खाना पकाउने क्रममा ग्याँस सिलिन्डर बिस्फोट भएको छ ।

बुधबार राति खाना पकाइरहेका बेला गुल्मी निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद भण्डारीको घरमा सिलिन्डर बिस्फोट हुँदा उनी र आमा जलेर घाइते भएका छन् ।

भण्डारी र उनकी आमा दुवै जनालाई तत्कालै उपचारका लागि एम्बुलेन्सबाट कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको उनको सचिवालयले जनाएको छ ।

अस्पतालका डाक्टरहरूका अनुसार डा.भण्डारीको शरीरको करिब २५ प्रतिशत र आमाको शरीरको करिब ७० प्रतिशत भाग जलेर असर गरेको छ ।

डा.भण्डारी मंसिर ४ को निर्वाचनमा नेकपा (एमाले)का प्रदीप ज्ञवालीलाई हराउँदै विजयी भएका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...