बालाजुमा प्रहरीको गाडी आगजनी गरेको आरोपमा ६ जना पक्राउ

39

काठमाडौँ, ३ फागुन । बालाजुमा गत सोमबार भएको आन्दोलन भड्किँदा प्रहरीको गाडीमा आगजनी तथा तोडफोड गरेका आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेका छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरीको गाडी आगजनी गर्ने ६ जनालाई पक्राउ गरेको पहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीले सामाजिक सञ्जालमा बाहिरिएका भिडिओ, फुटेज, फोटोलगायत विश्लेषण गरी उनीहरूलाई पक्राउ गरेको एसएसपी कार्कीले बताए ।

उदयपुर घर भई काठमाडौँ बस्ने ४० वर्षीय विक्रम राई, नुवाकोट घर भई टोखा बस्ने ३० वर्षीय रामहरि भण्डारी, लमजुङ घर भई तारकेश्वर बस्ने २३ वर्षीय विवेक श्रेष्ठ, काभ्रेका ३१ वर्षीय राजेश तामाङ, गोँगबु बस्ने १८ वर्षीय दिपेन्द्र पुन मगर र काभ्रेका २० वषीय आशिष खड्का पक्राउ परेका हुन् ।

गत सोमबार यातायात मजदुरको आन्दोलनले उग्र रूप लिँदा दुई वटा प्रहरीको भ्यान, आयरल्यान्ड, प्रहरी बिटमा तोडफोड तथा आगजनी भएको थियो । प्रहरी वृत्त बालाजुका डिएसपी चढन् बा २ झ १४४ नम्बरको भ्यान र बा १ झ ७२२४ नम्बरको सिआरभी भ्यानमा आगजनी भएको थियो ।

गाडीमा आगजनी गर्दा गाडीभित्र रहेको मोटोरेला वेस सेट थान–१, फायर स्ट्रिङ्गुइजर थान–१, मेगा फोन थान–१ लगायतका जिन्सी सामानहरू पूर्णरूपमा जलेर नष्ट भएको र बा१ झ ७२२४ नम्बरको माज्दा गाडीभित्र रहेको हाइटेरा वेस सेट थान–१, स्ट्रिङ्गुइजर थान–१, मेगाफोन थान–१ समेत जली पूर्णरूपमा नष्ट भएको थियो ।

उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम अपराधिक उपद्रव गर्न नहुने कसुरसम्बन्धी मुद्दा दर्ता गरी काठमाडौँ जिल्ला अदालतबाट ३ दिन म्याद थप गरी अनुसन्धान भइरहेको एसपी मैनालीले बताए । साथै उक्त घटनामा संलग्न संदिग्ध ९–१० जना अन्य व्यक्तिहरूलाई नियन्त्रणमा लिइ सोधपुछ तथा छानबिन कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...