कलाकार पवन खतिवडा प्रहरी हिरासतमा

57

काठमाडौँ, ३ फागुन । कलाकार पवन खतिवडा (म्याकुरी) लाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको बेलबारीस्थित चिम्नी होटलमा साथीहरूसँग मदिरा सेवन गरेर कुटपितमा उत्रिएपछि बेलबारी प्रहरीले उनलाई मंगलबार नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी उपरीक्षक खगेन्द्र धमलाले होटलमा होहल्ला र कुटपिट भएपछि कलाकार खतिवडालाई नियन्त्रणमा लिएको बताए ।

बेलबारी–४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोप उनीमाथि छ । उनीसँगै रमेश भण्डारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनको आफ्नो युट्युब च्यानलबाट प्रसारित टेलिसिरियलमा ‘म्याकुरी’ थेगोले चर्चित छन् ।

Share This:
सम्बन्धित खबर
Loading...