पाँच लाख नक्कली नोटसहित तीनजना पक्राउ

26

नेपालगञ्ज, ३ फागुन । बाँकेको नेपालगञ्जबाट करिब पाँच लाखभन्दा बढी नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरुलाई पक्राउ गरेको हो ।

बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे नगरपालिका–५ का ३० वर्षीय मोहन राना छन् । उनीहरुको साथबाट प्रहरीले एक हजारका नक्कली नोट ५६९ थान बरामद गरेको छ ।

रानाका साथबाट ४१८ थान नक्कली नेपाली एक हजारको नोट र कुमाइको साथबाट १५१ थान नक्कली नेपाली एक हजारको नक्कली नोट बरामद गरिएको छ । नक्कली नेपाली रुपैयाँ बोकेर हिँडिरहेका तीनैजनालाई मंगलबार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...