१५८ किलो गाँजा र गाडीसहित एकजना पक्राउ

42

काठमाडौँ, २ फागुन । मकवानपुर जिल्लाको मनहरी गाँउपालिका–९ ज्यामिरेस्थित पूर्व–पश्चिम लोकमार्गबाट सोमबार राति सशस्त्र प्रहरीले करिब १५८ किलो गाँजा र गाडीसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल आइआरटी पोष्ट कत्लेखोलाले सोही जिल्लाको थाहा नगरपालिका ३ बस्ने विशाल गोपालीलाई गाँजा र गाडीसहित नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले ना ६ ख ४५२० नम्बरको गाडीमा जाँच गर्दा गाडीको क्याबिनमा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा फेला पारेको थियो ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका गोपालीलाई बरामद गाँजा तथा गाडीसहित आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय मनहरीमा बुझाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...