अमेरिकी उपसहायक विदेशमन्त्री अख्तरले आज भेटवार्ता थाल्दै

58

काठमाडौँ, २ फागुन । नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने उपसहायक विदेशमन्त्री अफ्रिन अख्तरले आज भेटवार्ता सुरू गर्दै छिन् ।

सोमबार साँझ काठमाडौँ आइपुगेकी अख्तरले आज मुख्य सचिव शंकर वैरागी र परराष्ट्र सचिव भरतराज पौड्यालसँग भेट्ने कार्यक्रम छ ।

नेपाल भ्रमणका क्रममा उनले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा ऊर्जा नेपालका साझेदारसँग छलफल गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । साथै उनले नेपाली सेना र सरकारी अधिकारीसँग भेटवार्ता गर्ने बताइएको छ ।

यसैगरी उपसहायक विदेशमन्त्री अख्तरले जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्यका विषयमा र लोकतन्त्र, मानवाधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने सम्बन्धमा पनि छलफल गर्ने छिन् ।

Share This:
सम्बन्धित खबर
Loading...