जनमत संग्रह गरी नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्छ : शशांक कोइराला

25

नवलपुर, २९ माघ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा.शशांक कोइरालाले नेपाल हिन्दु राष्ट्र हुनुपर्ने बताएका छन् । उनले जनमत संग्रह गरी नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने बताए ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० पितौँजीमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा आज नेता डा.कोइरालाले आफूले नेपाल हिन्दु राष्ट्र हुनुपर्ने अठोट लिएको बताए । उनले भने, “जनमत सङ्ग्रह गरेर भए पनि नेपाललाई हिन्दु राष्ट्रमा परिणत गर्नुपर्छ ।” नेता कोइरालाले सो आश्रमको स्तरोन्नतिका लागि सरकार, दातृ निकाय र भ्रातृ निकायमा पहल गर्ने आश्वासन दिए ।

श्रीसिद्धिदात्री दुर्गा मन्दिर कोटीहोम आश्रमको आयोजनामा जारी महायज्ञमा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले कथा वाचन गरिरहेका छन् । आश्रमस्थलको बृहत् गुरुयोजनाअनुसार समावेशी गुरुकूल विद्यापीठ भवन, अतिथि सत्कार भवन, गुरुगोरखनाथ मन्दिर, गौशालालगायत विविध भौतिक संरचनाको निर्माणका लागि गरिएको महायज्ञ फागुन १ गतेसम्म सञ्चालन हुने आयोजक समितिका संयोजक राजेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।

उनका अनुसार हालसम्म महायज्ञमा एक करोड २० लाख संकलन भएको छ । महायज्ञस्थलमा १६ करोड बराबरको पाँच तले धर्मशाला निर्माणका लागि शिलान्याससमेत गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...