काठमाडौँ, २९ माघ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद्को भवनमा आज दिउँसो ३ बजे बैठक सुरू हुने छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारू आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भाविकत कार्यसूची छ ।
यस्तै, उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व २०७९/८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिनेछन् ।
बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा.भरतराज गौमतले जानकारी दिए ।