देउखुरी, २८ माघ । लुम्बिनी प्रदेशका बिना विभागीयमन्त्री कृष्णा केसीले पदबाट राजीनामा दिएकी छन् । मन्त्रालय छनोटमा असन्तुष्टि व्यक्त गर्दै उनले आज मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा दिएकी हुन् ।
गत पुस २८ गते केसीले विनाविभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गरेकी थिइन् ।
मुख्यमन्त्री लिला गिरीले आइतबार मन्त्रिमण्डल विस्तारको तयारी गरेको उनको निजी सचिवालले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र)का तर्फबाट विनाविभागीयमन्त्री बनेकी केसीको राजीनामा सरकारसँगको असन्तुष्टिका कारण नभएको मन्त्री तथा सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए । उनले भने, “मन्त्री केसीको राजीनामा उहाँको पार्टीभित्रको समस्या होला, सरकारसँगको असहमतिबाट होइन ।”
मुख्यमन्त्री गिरी गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले यही माघ ५ गते प्रदेशसभामा विश्वासको मत पाएका थिए ।