काठमाडौँ, २७ माघ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले सुदूरपश्चि प्रदेशको सरकार फेरिनु कुनै अनौठो नभएको बताएका छन् ।
संघीय संसद्मा राष्ट्रपतिको सम्बोधनपछि बोल्दै उनले संविधानअनुसार नै प्रदेश सकार परिवर्तन भएको बताए । उनले भने, “प्रदेशको सरकार परिवर्तन हुँदैमा केन्द्रको गठबन्धनमा कुनै असर गर्दैन ।”
उनले अगाडि थपे, “प्रदेशको सरकार परिवर्तन भएर केन्द्रको गठबन्धनमा पहिरो जाँदैन । केन्द्रको सत्ता समीकरण जोगिन्छ ।”
नेता भट्टराईले विश्वासको मत लिने क्रममा सुदूरपश्चिम प्रदेशसभाका सभामुखले मत विभाजनमार्फत् निर्णय गर्नुपर्ने भए पनि ध्वनि मतका आधारमा निर्णय गरेकाले त्यो विषय सोचनीय भएको बताए ।