लापसे गरी सवारी साधन चलाउने ३ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

56

काठमाडौँ, २७ माघ । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ३ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा आउनेहरूमा बा १८च ८४३७ नम्बरको पिकअप जिपका चालक काठमाडौँको डल्लु बस्ने गणेश कार्की, बा १६ प ४४९१ नम्बरको मोटरसाइकलका चालक बुढालिनकण्ठ बस्ने अंकित भट्टराई र बागमती प्रदेश ०२–०३१ प ४८८ नम्बरको मोटरसाइकलका चालक बुढानिकण्ठमै बस्ने सुमन रावत रहेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग बुढानिलकण्ठको संयुक्त टोलीले बुढानिलकण्ठ क्षेत्रमा २० वाटा सवारी साधन चेक गर्दा ३ जना चालकले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेको पाइएको छ ।

लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...